Incident Reports

थाहा खबर: बालेनविरूद्व फुटपाथ व्यापारीले गरे महानगरमा प्रदर्शन

2022-08-23

Bagmati, Kathmandu, Kathmandu

फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने मागसहित आज काठमाडौं महानगरपालिकाको कार्यालय अघि मेयर बालेनविरुद्ध नाराबाजी गरेका हुन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितीको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालिमाटीमा भेला भइ नारा र्‍यालीसहित आएका उनीहरू महानगरपालिकाको कार्यालय परिसरमा पुगेका थिए।'महानगर प्रहरीले लगेको आफ्नो सामान बिना सर्त फिर्ता गर्न पर्ने, आफूहरूले निर्धक्क सडक व्यापार गर्न पाउनु पर्ने' जस्ता माग राखेका छन्। उनीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन्।

फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने मागसहित आज काठमाडौं महानगरपालिकाको कार्यालय अघि मेयर बालेनविरुद्ध नाराबाजी गरेका हुन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितीको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालिमाटीमा भेला भइ नारा र्‍यालीसहित आएका उनीहरू महानगरपालिकाको कार्यालय परिसरमा पुगेका थिए।

'महानगर प्रहरीले लगेको आफ्नो सामान बिना सर्त फिर्ता गर्न पर्ने, आफूहरूले निर्धक्क सडक व्यापार गर्न पाउनु पर्ने' जस्ता माग राखेका छन्। उनीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis