Incident Reports

जबरजस्ती यौन कार्य गराएको आरोपमा होटल संचालक गिरफ्तार

2022-08-20

जबरजस्ती यौन कार्य गराएको आरोपमा खलंगा ठाँटीस्थित न्यू थकाली होटल एण्ड लजका संचालक २९ वर्षीय ओमकार लोहनियालाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरेको छ । बाँके डुडवा गाँउपालिका–१ घरभएका लोहनियाले पाँच बर्षदेखि जाजरकोटमा होटल व्यवसाय संचालन गरिरहेका थिए । लोहनियाले होटलमा महिलालाई बोलाई यौनकार्य गराई रहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका इन्स्पेक्टर पुस्कर पन्तले बताउनु भएको छ । आफुलाई ललाई फकाई यौन व्यवसायमा लगाउने गरेको गुनासो गर्दै दुई जना महिलाले प्रहरी समक्ष भदौ ४ गते उजुरी दिएका छन् । महिलालाई ललाई फकाई यौन व्यवसायमा लगाए मानव बेचविखन मुद्दा आर्कषित हुने भएकाले मानव बेचविखन सम्बन्धि कसुरमा भदौ ५ गते मुद्दा दर्ता गराइएको इन्स्पेक्टर पन्तले जानकारी दिनु भएको छ । जिल्ला अदालतबाट घटनाको अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको समेत इन्सपेक्टर पन्तले बताउनु भएको छ । होटल संचालकले ग्राहकका लागि महिलालाई बोलाएर होटलमै यौन कार्य गराउने गरेको प्रहरीको भनाई छ । प्रति ग्राहकबाट एक हजार पाँच सय रुपियाँ लिने र महिलालाई एक हजार रुपियाँ दिने गरेको यौन व्यवसायमा लगाइएका महिलाको आरोप छ ।


0 Comments