2022-08-24
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा लगायत चार राजनीतिक दलद्वारा भदौ ७ गते आह्वान गरिएको नेपाल बन्दको दिन व्यास नपा–२ दमौलीस्थित सत्यवती माविको कक्षाकोठाको झ्यालमा ढुङ्गा प्रहार गरिएको छ ।त्र पढाइ भइरहेको बेलामा झ्यालमा ढुङ्गा हानिएको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले बताउनु भयो । ढुङ्गा लागेर झ्यालको सिसा फुटेपनि विद्यार्थी तथा शिक्षकलाई नलागेको प्रअ गुरुङले जानकारी दिनु भयो ।
बन्दको समयमा पनि विद्यालय सञ्चालन गरिएको कारण बन्दकर्ताले विद्यालयमा ढुङ्गा हानेको हुनसक्ने उहाँको आशङ्का छ ।
अभिभावक तथा प्रशासनसँगको छलफलपछि यस अघिका कुनै पनि बन्दमा विद्यालय बन्द नगरिएको कारण यस पटक पनि विद्यालय सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले बताउनु भयो ।
कक्षा कोठामा ढुङ्गा हानिएपछि उक्त दिनको पढाइ पनि अवरुद्ध भएको प्रअ गुरुङले बताउनु भयो । बन्दकर्ताले विद्यालय बन्द गर्न कुनै सूचना भने नदिएको अध्यक्ष काफ्ले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले विद्यालयमा ढुङ्गा हान्नेहरूको खोजी भइरहेको बताउनु भयो । उहाँले बन्दको बेलामा सञ्चालन गरिएका कार्यालय र विद्यालयलाई सुरक्षाको प्रत्याभूति दिलाइने बताउनु भयो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Vandalism |
Weapons | Blunt weapon |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Education sector/teachers (private and public) |
Actor 2 - Youth | na |