Incident Reports

सासु कुटेको आरोपमा दुई बुहारी पक्राउ

2022-08-24

Sudurpashchim, Achham, Panchadewal Binayak

८ भदौ, धनगढी । अछाममा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

‘हामीले सामाजिक सञ्जालमा भिडियो देखेपछि घटनाको अनुसन्धान थालेका थियौँ । त्यो भिडियो पञ्चदेवल विनायक नगरपालिका– ६ की महिलामाथि उनकै बुहारीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको रहेछ भन्ने खुलेको छ,’ प्रहरी निरीक्षक विष्टले अनलाइनखबरसँग भने, ‘अहिले जिल्लाबाट खटाइएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला ल्याएपछि थप कुरा खुल्नेछ ।’ प्रहरीका अनुसार सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन । सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै लछारपछार गरेको देखिन्छ भने उनले ‘ओ मेरा बाबै’ भन्दै चिच्याएको सुनिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी न्यौपाने बोल्न सक्दैनन् । उनका श्रीमान्‌ चुडामणि न्यौपाने अपाङ्ग भएको बुझिए पनि विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments