Incident Reports

जनकपुरधाममा चुरे संरक्षण अभियन्ता र प्रहरीबीच झडप

2022-08-25

Madhes, Dhanusha, Janakpur

‍जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाउने क्रममा १५० जना चुरे तथा वनजंगल संरक्षण अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताला लगाउन जाँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। अभियानका प्रदेश संयोजक अमन यादवलगायत अभियानका १५० सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए। यादवका अनुसार पक्राउ परेकाहरूमध्ये १५ जना पुरुष र बाँकी सबै महिलाहरू छन्। बुधबार उद्योग, पर्यटन तथा वन मन्त्रालयले सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले सरकारी जमिन कब्जा गरे/नगरेको विषयमा निष्कर्ष नै ननिकालेको प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनीहरू असन्तुष्ट बनेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Trend Analysis