Incident Reports

देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्को तालाबन्दी

2022-08-28

 विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । विभिन्न जिल्लामा तालाबन्दी भएको र उपत्यकामा पनि तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ । परिषद्का महासचिव शान्तिनाथ योगिका अनुसार उपत्यकाको विद्यालय तालाबन्दी गर्नको लागि ४१ सदस्यीय समिति गठन भएको छ । उनले भने, ‘जिल्लामा साथीहरूले तालाबन्दी गरिसक्नु भएको छ । उपत्यकाका विद्यालय बन्द गर्न अनुरोध गरेका छौं । त्यसको अनुगमन गर्न ४१ सदस्यीय समिति गठन गरेर बन्द नभएका विद्यालयमा ताला लगाउँछौ ।’ जबर्जस्ती ताला लागाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने उनको भनाइ छ । सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् । उनीहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने अडान लिंदै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments