Incident Reports

सासु ससुराद्वारा बुहारीलाई घरनिकाला l

2014-09-08

Lumbini, Arghakhanchi, Sandhikharka

Narayan Bhusal सन्धिखर्क नगरपालिका -७ की २१ वर्षीया मायाँ क्षेत्रीलाई ससुरा डुकबहादुर क्षेत्री र सासू डालीमायाँ क्षत्रीसहित घरपरिवारले दुई महिना अघिदेखि घरमा बस्न नदिएको र पछिल्लो पटक ०७० भदौ २० गते घर नबस् भनी घरनिकाला गरेको भन्दै पीडित महिलाले ०७१ भदौ २३ गते महिला तथा बालबालिका कार्यालयमा लिखित उजुरी दिएकी छन् । सासू सुसुरासहित घरपरिवाले पतिको मृत्युपछि खान लाउन नदिएको घरमा बस्न नदिएको गाली गलौजको साथै अंश पनि नदिने भनी धम्काउने गरेकोले आफू त्यो घरमा बस्न नसक्ने भएकाले उजुरी गुर्न परेको बताइन् । पीडित महिलाको पति बलबहादुर क्षत्रीको दुई महिना अगाडि मुत्यु भएपछि परिवारले उनका पतिको क्रिया गर्नसमेत रोक लगाउन खोजको र पछि छिमेकीले क्रिया बस्न दिनुपर्ने भनी घरपरिवारलाई सम्झाइ बुझाइ गरेपछि क्रिया बस्न दिएको महिलाले बताइन । पीडितका सासु ससुरासहित बोलाइ छलफल गर्ने महिला विकाश अधिकृत विष्णुकुमारी लामिछानेले बताइन् । नारायण भुसाल

0 Comments

Related Reports
Related Trend Analysis