Incident Reports

कांग्रेस इटहरीको पार्टी कार्यालयमा तालाबन्दी

2022-08-30

Province 1, Sunsari, Itahari

इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाका उपसभापति बालकृष्ण विष्टको नेतृत्वले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । मंगलबार बिहान विष्टको नेतृत्वमा भेला भएका कार्यकर्ताले पार्टी कार्यालयमा तालबन्दी गरेका हुन् । विष्टका अनुसार इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले उपसभापति कोवितजंग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएको र कार्यवहाकले विधानविपरीत मनोनयन गरेको तथा बैठक एवं चुनावी समीक्षा नभएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो । ‘पार्टीको १४औं महाधिवेशनमा हामी निर्वाचित भएको र स्थानीय तहको निर्वाचन सकिए पनि अहिलेसम्म एउटा समीक्षा बैठकसम्म भएको छैन,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन भएपछि हामीले इटहरी नगरप्रमुख जितेका छौं, तर २०७४ सालमा जितेका वडाहरू पनि अन्तर्घातका कारण हारेका छौं, समीक्षा बैठक पनि हुनुपर्छ भनेर पटकपटक पदाधिकारीले बैठक राखौं भन्दा पनि बैठक भएको छैन ।’

उनले इटहरीका २० वटै वडाका नेता, कार्यकर्तालाई बोलाएर समीक्षा बैठक राख्नुपर्ने भए पनि स्थानीय निर्वाचन भएको चार महिना बित्न लाग्दा पनि नेतृत्वले वास्ता नगरेको आरोप लगाउँदै असन्तुष्टि जनाए । ‘पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध खुलेआम उम्मेदवारी दिएर पार्टीलाई हराउन भूमिका खेल्नेले गर्दा आज कार्यकर्ताको मनोबल गिरेको अवस्था छ,’ विष्टले भने, ‘हामीले यस विषयमा तत्कालै नगरसभापतिलाई समीक्षा बैठक बोलाऔं भनेर पटकपटक आग्रह गर्यौं, केन्द्र, जिल्लामा समीक्षा बैठक हुँदा नगरले स्पष्टीकरण समेत सोधेको छैन ।’ गत असार २ गते मात्रै नगरका कार्यवाहक सभापति कार्कीले विधानविपरीत कोषाध्यक्ष नियुक्त गरेको समेत उनको आरोप छ । ‘कोषाध्यक्ष नियुक्त गर्दा नगरको बैठक बस्नुपर्छ, हामीले को पात्र कोषाध्यक्ष बन्यो भन्ने कुरा होइन, विधि र विधान समेटियो, समेटिएन भन्ने कुरा उठाउन खोजेको हो,’ उनले भने । हुकुमी शैलीमा नेतृत्व अगाडि बढेकाले सचेत गराउन आफूहरू लागिपरेको उनको भनाइ छ । प्रदेश र प्रतिनिधिसभाको मिति नजिकिँदै गए पनि हार्ने र हराउनेबीच अझै अन्तरद्वन्द्व भएकाले त्यस विषयको समाधान गर्नुपर्ने उनको माग छ । पार्टीको नगर बैठक तत्काल बस्नुपर्ने उनको मागसहित आफूहरूले अनिश्चित कालका लागि तालाबन्दी गरेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments