Incident Reports

परिचयपत्र वितरण गर्न बसेका वडाध्यमाथि आक्रमण

2022-08-31

Gandaki, Baglung, Bareng, Ward 3

बरेङ गाँउपालिका ३ बाटाकाचौरका वडाध्यक्ष शेरबहादुर खनालमाथि आक्रमण भएको छ। आक्रमणबाट खनालको दायाँ हात, खुट्टा र कानमा चोट लागेको छ। बाटाकाचौर स्थित शारदा माध्यमिक विद्यालयमा परिचयपत्र वितरणमा मंगलबार खटिएको टोलीमाथि स्थानीय मनबहादुर पुनले आक्रमण गरेको खनालले बताए। विद्यालयको कोठाबाट सेवा दिइरहेको अवस्थामा पुनले अपशब्द प्रयोग गर्दै लात्तीले ढोका फोडेर आफूमाथि आक्रमण गरेको अध्यक्ष खनालले बताए। सेवाग्राही सहज रूपमा सेवा प्रदानका लागि समूह परिचयपत्र वितरण गरिरहेका बेला एक्कासी आक्रमण गरेको उनको भनाइ छ ।

‘गाउँबाटै परिचयपत्र वितरण गरिरहेका वेला मनबहादुर भाइ आउनुभयो, उहाँले अपुरो कागज लिएर आउनु भएको थियो, हामीले पूरा कागजात लिएर आउन भनेका थियौँ तर उहाँले एक्कासी कोठाको ढोका फोडेर आक्रमण गर्नुभयो, अध्यक्ष खनालले भने, ‘उहाँले आक्रमण गर्दा मेरो दायाँ हात, खुट्टा र कानमा चोट लागेको छ। बल्लबल्ल बाँचियो।’ परिचयपत्र बनाउन पुगेका पुनले आवश्यक कागजात नलिईकन गएको र वडा अध्यक्षले पूरा कागज ल्याउन भनेपछि उनी आक्रोशित भएर एक्कासी आक्रमणमा उत्रिएको प्रत्यक्षदर्शीले बताए। उनले अराजक शैलीमा अपशब्द बोल्दै गालीगलौज गरेको उनीहरूले बताए। घटनापछि मेलमिलाप गराउन खोजेको तर वडा अध्यक्षले कानुनि कारबाही गर्ने अडान लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी पुनले बताए। वडाध्यक्ष खनालमाथि आक्रमण गर्ने पुनलाई प्रहरीले नियन्त्रणमालिएको थियो। तर प्रहरीचौकी ल्याउने क्रममा उनी फरार भएको इलाका प्रहरी कार्यालय बरेङडाँडाका प्रहरी निरीक्षक जनक रेग्मीले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports