Incident Reports

बोक्सीको आरोप लगाउनेविरुद्ध उजुरी l

2014-09-08

Lumbini, Arghakhanchi, Bhumekasthan

Narayan Bhusal ढिकुरा गाविस -६ की ४३ वर्षीया सुमित्रा पुलामीलाई सन्धिखर्क नगरपालिका- ७ का ५१ वर्षीय धामी बीरबहादुर झाँक्री र अडगुरी गाविस -८ की ३८ वर्षीया गोमा पुनले ०७१ भदौ २१ गते बोक्सी भनी गालीगलौज गरेको भन्दै पीडित महिलाले ०७१ भदौ २३ गते जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला उनकी छोरीको घरमा गएको समायमा बोक्सीनी आइ अब बोक्सी लाग्छे, हामीलाई के गर्ने हो, बोक्सीनीले कसलाइ मार्ने हो भनी आरोपित झाँक्रीले ढ्याङग्रो ठोक्दै चारैतिर घेरा हाली दुर्व्यवहार गरेको पीडित महिलाले बताइन् । बोक्सी आरोपमा उजुरी परेकोले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर प्रेमकुमार थापाले बताए । नारायण भुसाल

0 Comments

Related Reports
Related Trend Analysis