Incident Reports

अछामको बिनायकमा युवक मृत भेटिए, हत्या आरोपमा आफन्तद्वारा सडक बन्द- सुदूरपश्चिम - कान्तिपुर समाचार

2022-08-30

Sudurpashchim, Achham, Panchadewal Binayak, Ward 2

अछाम — अछामको पञ्चदेवल बिनायक नगरपालिका –२ मा पर्ने मध्यपहाडी सडक खण्डमा एक जना युवक मंगलबार राति ११ बजे मृत फेला परेका छन् । बिनायक बजारबाट नजिकै रहेको मध्यपहाडी सडक खण्डको छेउमा पञ्चदेवल बिनायक नगरपालिका २ का २५ वर्षीया बम धामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी नारायण डाँगीले बताए । उनका अनुसार घटनास्थलमा रहेको शवको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको छ । मृतकका आफन्तले हत्या भएको भन्दै विरोधस्वरुप सडक बन्द गरेका छन् भने घटनास्थलको मुचुल्का समेत उठाउन दिएका छैनन् । ‘स्थानीयले घटना स्थलको मुचुल्का उठाउन दिएका छैनन् । शव प्रहरीको निगरानीमा छ ’ प्रहरी प्रमुख डाँगीले भने ,‘ प्रारम्भिक अनुसन्धानले घटना शंकास्पद देखाउँछ । हिजो (मंगलबार) दिउँसो उनीसँगै बसेर मदिरा सेवन गरेका ४ जनालाई नियन्त्रणमा लिएका छौं । शव उठाउन नदिँदासम्म अनुसन्धान गर्न पनि गाह्रो हुन्छ ।’ यसअघि पञ्चदेवल बिनायक नगरपालिका ३ मा रहेको मध्यपहाडी रोकमार्गभन्दा करिब ३ सय मिटर तल १५ वर्षीय विनोद शाहीकोसमेत शव भेटिएको थियो । उनको हत्या भएको भन्दै अहिले पनि आन्दोलन भइरहेको छ । त्यसअघि पञ्चदेवल बिनायक नगरपालिका २ का तत्कालीन वडा अध्यक्ष पदम धामीको पनि सोही ठाउँमा हत्या भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports