Incident Reports

बालिका बलात्काकार आरोपित गिरफ्तार l

2014-09-08

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा कास्कीकोट गाविस-८ का ५२ वर्षीय सुकदेव वस्ताकोटीलाई जिल्ला प्रहरी कार्यालयले भदौ २२ गते गिरफ्तार गरी अनुसन्धान गरेको छ । आरोपितले बालिकालाई घाँस काट्न गएको बेला डर, धम्की दिदै भदौ २१ गते बलात्कार गरेको भन्दै आफन्तले प्रहरी चौकी नौडाँडामा मौखिक सूचना दिएका थिए । घटनापछि आरोपित फरार थिए । आरोपित विरुद्ध भदौ २३ गते जबरजस्तीकरणीमा मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गौतम मिश्रले बताए । बालिकाको भदौ २२ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण भयो । सनबहादुर थापा

0 Comments