Incident Reports

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

2022-08-28

Karnali, Kalikot, Sanni Tribeni, Ward 1

सान्नीत्रिवेणी गाउँपालिका–१ की २२ वर्षीया गीता जैसी शाहीलाई उनका पति दानबहादुर शाहीले कुटपिट गरी घाइते बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय कालीकोटमा पीडितले भदौ १७ गते पीडितले उजुरी दिनु भएको छ । दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ कट्टी घरभई हाल खाँडाचक्रमा व्यापार गर्दै अएका आरोपित शाहीले भदौ १२ गते साँझ लठ्ठीले कुटपिट गर्दा संवेदनशिल अङ्गमा गम्भीर चोट लागेको पीडितले इन्सेक प्रतिनिधिलाई वताउनु भएको हो । २०७५ सालमा घरमा अर्की पत्नी हुँदाहँुदै जैसीलाई दोस्रो विवाह गरेका शाहीले कथित बोक्सी लगायतका आरोपमा पटक पटक कुटपिट तथा मानसिक र शारीरिक यातना दिने गरेको पीडितले वताउनु भएको छ । एमाले कालिकोट जिल्ला पार्टी कार्यालय सचिव समेतको जिम्मेवारीमा रहेका शाहीको कान्छी पत्नी जैसीबाट साढे तीन वर्षको एक छोरा समेत छन् ।

पीडितले भन्नु भयो, पटक पटक म माथि हातपात गर्ने, बोक्सीको आरोप लगाउने, आफ्न्तसँग भेटघाट गर्न नदिने क्रियाकलाप गर्दै आएकोमा यो पटक मरणासन्न हुनेगरी कुटपिट गरेपछि प्रहरी समक्ष पुग्नु परेको बताउनु भयो । घरेलु हिंसा गरी कुटपिट तथा यातना दिएको आरोपमा पीडितले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनु भएको छ । घाइतेको जिल्ला अस्पताल, कालिकोटमा उपचार हुनुका साथै घाउजाच केसफारम गरिएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताउनु भएको छ । साथै उहाँले पीडितको उजुरीपछि घटनाका विषयमा अनुसन्धान भइरहेको समेत जानकारी गराउनु भएको छ । पतिले कुटपिट गरि घर निकाला गरेपछि पीडित हाल आफ्न्तको आश्रयमा बसिरहनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments