Incident Reports

बहुविवाह गर्नेलाई कैद र जरिवाना सजाय l

2014-09-09

Province 1, Ilam, Mangsebung

Kokila Dhakal इभाङ्ग गाविस-१ का २४ वर्षीय अमिर लिम्बूलाई जिल्ला अदालतले बहुविवाहको आरोपमा भदौ २४ गते एक वर्षकैद र पाँच हजार रुपियाँ जरिवानाको सजाय सुनाएको छ । यसअघि उनी पुर्पक्षकालागि थुनामा रहेका थिए । जिल्ला न्यायाधीश प्रकाशचन्द्र ढुङ्गानाको इजलासले मुलुकी ऐन विवाहवारी महलको नौ नम्बरबमोजिम कसुर गरेको ठहर गर्दै सजाय सुनाएको जिल्ला अदालतका नायब सुब्बा रविन अधिकारीले बताए । लिम्बूकी कान्छी पत्नी दीपा राई लिम्बूलाई भने अदालतले सफाइ दिइएको छ । वैदेशिक रोजगारीकालागि कुवेत गएका लिम्बूले धरान-४ की २२ वर्षीया दीपा राईलाई दोस्रो विवाह गरेको भन्दै निजकी जेठी पत्नी कविना लिम्बूले ०७० माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । तीन वर्षघि कुवेत गएका लिम्बूले वैदेशिक रोजगारीमै कुवेतमै रहेकी दीपा राईलाई दोस्रो विवाह गरेका थिए । आफूलाई माघ १ गतेमात्र पति अमिरले दोस्रो विवाह गरेको थाहा भएको र आफू त्यसबाट पीडित भएको भन्दै कविनाले उजुरी दिएकी थिइन् । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis