Incident Reports

सामूहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार

2022-09-01

Province 1, Morang, Biratnagar, Ward 14

१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१४ का २९ वर्षीय सन्तोष मण्डललाई भदौ १७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई भदौ १६ गते सामूहिक बलात्कार घटनाका आरोपितमध्ये मण्डललाई विराटनगर महानगरपालिका–१४ जतुवाबाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । घटनामा संलग्न अन्य चार जना फरार भएको र उनीहरूको विवरण गोप्य राखि खोजी थालिएको डिएसपी श्रेष्ठले बताउनु भयो । घटनामा संलग्नहरूले मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूविरूद्ध पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण कोसी अस्पतालमा भदौ १७ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments