Incident Reports

मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन कार्यालय घेराउ

2022-09-05

Bagmati, Kathmandu, Budhanilakantha

काठमाडौं : मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन बुढानीलकण्ठ नगरवासीले काठमाडौं निर्वाचन कार्यालय घेराउ गरेका छन्। नेकपा (एमाले) बुढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौं निर्वाचन कार्यालय घेराउ गरेको हो। नेपाली कांग्रेस बुढानीलकण्ठ नगर समितिले एमाले कार्यकर्ताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको कीर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइँसराइ र मतदाता परिचयपत्रलगायतका कागजात बोकेर निर्वाचन कार्यालय घेराउ गर्न पुगेका नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले बताए। निर्वाचन कार्यालय धर्नाका क्रममा निर्वाचन कार्यालय पुगेका बुढानीलकण्ठ-१० एमाले नगर कमिटी अध्यक्ष जगत निरौलाले नामावलीबाट नगर कार्यपालिका सदस्यसमेतको नाम हटाइएको भन्दै आक्रोस पोखे। निर्वाचन कार्यालयमा सम्पूर्ण कागजात पुर्‍याएर आएको नामावलीबाट नाम हटाउनु जनताको अन्याए भएको उनको भनाइ छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments