Incident Reports

बलात्कार घटनाका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-09-09

Province 1, Dhankuta, Chhathar

Santosh Ruchal एक १८ वर्षीया युवतीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा तेलिया गाविस-४ का १७ वर्षीय बालकलाई भदौ २४ गते पुर्पक्षका लागि कारागार कार्यालयमा चलान गरिएको छ । पीडितले साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा घरैबाट गिरफ्तार गरी जबरजस्ती कारणी अन्तरगतको मुद्दा दायर गरिएका आरोपित विश्वकर्मालाई जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुवराज राउतले बताए । आफ्नो घरबाट आफन्तको घरतर्फजादै गर्दा तेलिया गाविस-१ मा साउन २० गते साँझ बाटो छेकेर युवतीलाई विश्वकर्माले बलात्कार गरेका थिए । घटना पश्चात पीडितको मौखिक उजुरीको आधारमा आरोपितलाई साउन २३ गते घरैबाट गिरफ्तार गरिएको थियो । पीडितले लिखित उजुरी साउन २५ गते मात्र जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन् भने आरोपित विरुद्ध साउन २६ गते जिल्ला अदालतमा जबरजस्तीकरणी अर्न्तर्गतको मुद्दा दायर गरिएको थियो । सन्तोष रुचाल

0 Comments