Incident Reports

उपाध्यक्ष बुढामाथि हातपातको आरोप, प्रशासनमा उजुरी

2022-09-04

Karnali, Jumla, Tila

तिला गाउँपालिका उपाध्यक्ष ४१ वर्षीया गोरीकला बुढाले आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रशासन कार्यालय, जुम्लामा भदौ २० गते उजुरी दर्ता गर्नु भएको छ । आफु माथि हातपात गर्नेलाई आवश्यक कारबाही गरी पाउँ भनी तिला गाउँपालिकाका उपाध्यक्ष बुढाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको हो । उहाँले भन्नुभयो भदौ १९ गते दिउँसो ३ बजे म आफ्नो कार्यकक्षमा रही आफ्नो पदिय जिम्मेवारीमा सेवा प्रवाह गरिरहेको समयमा बिना जानकारी तिला गाउँपालिका–२ का धनेन्द्र बोहोरा, वडा नम्बर २ का वडाध्यक्ष चन्द्रबहादुर बोहोरा, वडा नम्बर १ का वृर्ख बुढा, तिला गाउँपालिका–८ निवासी शिक्षक मेघबहादुर बस्नेत, वडा नम्बर–६ का वडाध्यक्ष जङ्गबहादुर रोकाया, वडा नम्बर ९ का वडाध्यक्ष धनबहादुर रावत लगायतका ४० देखि ५० जनाको समूहले सुनियोजित ढङ्गबाट हातपात गरेको भन्दै उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हुँ । आवश्यक कानुनी कारवाहीको माग गर्दछु उपाध्यक्ष माथि हातपात नगरेको वडा नम्बर ६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले प्रतिक्रिया दिनु भएको छ । उहाँले भन्नुभयो भदौ १९ गते नेपाली काङ्ग्रेस तिला गाउँ कमिटीले विभिन्न १५ बुँदे माग राख्दै गाउँ कार्यपालिकाको कार्यालयमा ताला लगाएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार उपाध्यक्ष बुढाको निवेदन दर्ता भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments