Incident Reports

प्रकाशित समाचारको विषयलाई लिएर अधिकारकर्मीलाई मार्ने धम्की

2022-09-04

इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई इन्सेक अनलाइनमा छापिएको समाचारको विषयमा दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ घरभई हाल नेकपा एमाले कालिकोट जिल्ला पार्टी कार्यालय सचिव रहनु भएका दानबहादुर शाहीले मार्ने धम्की दिनु भएको छ । विगत लामो समयदेखि कालिकोट जिल्ला सदरमुकाम मान्ममा व्यापार व्यवसाय गर्दै आउनु भएका शाहीले आफ्नी कान्छी पत्नीलाई कुटपिट गरी घर निकाला गरेको समाचार ०७९ भदौ १९ गते इन्सेक अनलाइनमा छापिएपछि टेलिफोनमार्फत गर्दन छिनाली दिने भन्दै मार्ने धम्की दिएको इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्लले बताउनु भएको छ । भदौ १९ गतेको इन्सेक अनलाइनमा घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी शिर्षकमा समाचार छापिएपछि तत्काल फोनमार्फत मार्ने धम्की दिनु भएको कालिबहादुर मल्लले जानकारी दिनु भएको छ । एमाले पार्टी कार्यालय सचिव समेत रहेका शाहीले ०७५ सालमा दोस्रो विवाह गरी एक छोरासहित घरमा बसेकी पत्नीलाई कुटपिट गरी घर निकाला गरेपछि समाचार छापिएको थियो । घटनाका सम्बन्धमा पीडितले इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतमा भदौ २० गते निवेदन दिनु भएको छ । इन्सेक प्रदेश कार्यालय, सुर्खेतले यस सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयमा जानकारी गराएको प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भएको छ । यस सम्बन्धमा फोनमार्फत जिल्ला प्रहरी कार्यालय, कालिकोटमा जानकारी गराएको र लिखित निवेदन नेपाल पत्रकार महासङ्घका पदाधिकारी समेतको टोली गएर दिने तयारी भइरहेको इन्सेकका जिल्ला प्रतिनिधि कालिबहादुर मल्लले जानकारी दिनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) HRD
Actor 2 - Youth na
INSEC

0 Comments