Incident Reports

सामूहिक बलात्कारको आरोपमा ९ जनाविरुद्ध मुद्दा

2022-08-29

Gandaki, Kaski, Pokhara Lekhnath

कास्की — सामूहिक बलात्कारको आरोपमा कास्की प्रहरीले ९ जनाविरुद्ध जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता गरेको छ । भदौ १७ गते जिल्ला अदालत कास्कीमा जबरजस्ती करणीको मुद्दा दर्ता गर्दै सात दिनको म्याद थप गरेको हो । बलात्कारको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीका निमित्त सूचना अधिकारी सुवास तिमिल्सिनाका अनुसार आरोपित एक जना फरार छन् । ‘उनको पनि खोजी कार्य भइरहेको छ‚’ उनले भने । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका-३ घाचोकका अमृत ठकुरी, सन्तोष दवाडी, साजन दवाडी, राजीव बीसी, सन्जीव शाही, अनूप अधिकारी, रामेश्वर धिताल र सन्जीत नेपाली रहेका छन् । प्रहरीका अनुसार आठ जना एकै गाउँका हुन् । यस्तै फरार हुनेमा लमजुङका ईश्वर श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार घटना भदौ १३ गते रातिको हो । १३ गते दिउँसो पीडित २६ वर्षीया युवतीलाई पोखराको शान्तिनगरबाट जबरजस्ती गाडीमा राखी घाचोक लगेको तिमिल्सिनाले बताए । ‘युवती हराएको भनेर हामीलाई १४ गते बेलुका खबर आयो‚’ उनले भने, ‘पीडित हामीसँग १५ गते सम्पर्कमा आइन् । कहाँ गएको भनेर सोधपुछ गर्दा आफूलाई ९ जनाको समूहले जबरजस्ती गाडीमा राखेर घाचोक लगेको र सामूहिक रुपमा पटकपटक बलात्कार गरेको बताइन् । पीडितको बयानका आधारमा पीडकलाई १६ गते बेलुका पक्राउ गरी १७ गते मुद्दा दर्ता गरेका छौं ।’ प्रहरीले अनूप अधिकारीको नाममा रहेको बाग्मती प्रदेश ०१–०२६ च ९२१० नम्बरको गाडीसमेत नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटना भएको यतिका दिन भए पनि प्रहरीले खुलाउन चाहेको थिएन । बलात्कारका यी आरोपीहरू पेशाले कामदार र ठेकेदार हुन् । घाचोकको बंगुर फार्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडकले पीडित युवतीले आफूलाई जहाँ गएर जे गर्छेस् गर्, पुलिसकोमा गएर भने पनि भन भन्दै धम्की दिएको बताएकी छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments