Incident Reports

सिन्धुलीमा श्रीमतीद्वारा श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता

2022-09-06

Bagmati, Sindhuli, Dudhouli

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाकी २८ वर्षीय एक जना महिलाले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् । श्रीमान र श्रीमतीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । श्रीमानले आफू बिरामी र अशक्त भएको अवस्थामा इच्छा विपरित यौन सम्पर्क गरेको ती महिलाले बताएको प्रहरीले जनाएको छ । उनीहरूको विवाह २०७२ सालमा भएकाे र २ जना छोरीहरू समेत भएकाे प्रहरीले बताएकाे छ । मुद्दा दायर गर्ने महिलाका अनुसार श्रीमानले मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गरी आफूलाई जबरजस्ती करणी गर्ने गरेको बताएकी छन् ।

आरोपित श्रीमानलाई पक्राउ गरी अनुसन्धान भई एक हजार रुपैयाँ जरिवाना दिने शर्तमा फैसला भएको थियो । तर जरिवाना तिर्न नसकेपछि उनलाई अहिले थुनामा राखिएको सिन्धुली प्रहरीले जनाएको छ । बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गरेमा ५ वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख गरिएकाे छ । सिन्धुली प्रहरीको एक तथ्यांकका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४० वटा जबरजस्ती करणी, उद्योग १६, बहुविवाह १५, ३ वटा बाल यौन दुरुप्रयोग र २ वटा बालविवाहको मुद्दा दर्ता भएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments