Incident Reports

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते l

2014-09-07

Gandaki, Tanahun, Rhishing

Prakash Chandra Bhattarai तनहुँ । ०७१ भदौ २४ गते व्यास नपा-२ दमौलीस्थित सत्यवती उमावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीय जीवन नहर्की भदौ २२ गते शिक्षक रुक्मिणी पौडेलको कुटपिटबाट घाइते भएका छन् । विद्यालयमा हल्ला गरेको र अनुशासनको पालना नगरेको भन्दै शिक्षकले कुटपिट गरेको पीडित नहर्कीले बताए । कुटपिटपछि विद्यार्थी नहर्की उठेर हिँड्न नसक्ने भएपछि विद्यालयकै पहलमा व्यास नपा-१० स्थित दाहाल हेल्थ सेन्टरमा उपचारको लागि लगिएको थियो । घाइते नहर्की अरुको सहारा बिना हिँड्न नसक्ने अवस्थामा छन् । शिक्षक पौडेलले आफूबाट गल्ती भएको स्वीकार्दै मानवीय त्रुटि भएको बताए । विद्यार्थीलाई पाँच दिन घरमा आराम गर्न र अवस्था सामान्य नभए पोखरा वा काठमाडौँ लैजान चिकित्सकले सुझाव दिएका छन् । प्रकाशचन्द्र भट्टराई

0 Comments