Incident Reports

पतिविरुद्ध तीन ओटा मुद्दा l

2014-09-08

Karnali, Salyan, Bangad Kupinde

Meena Budathoki सल्यान । ०७१ भदौ २४ गते बाँमे गाविस-१ की ३८ वर्षीया शिला विष्टले ६० वर्षीय पति पिपर विष्टविरुद्ध खानलाउन नदिई घरबाट निकालेको र अंश पनि नदिएको भन्दै जालसाजी, अंश र विवाह दर्ता गराई पाऊँ भनी जिल्ला अदालतमा भदौ २३ गते तीन ओटा मुद्दा दर्ता गराएकी छन् । १६ वर्षीय छोराको नागरिकतासमेत नबनाइदिएको उनको उजुरीमा उल्लेख छ । पीडित ०५९ सालदेखि माइतीघर जाजरकोट बस्छिन् । आफ्नो नाममा कुनै अंश नराखी आफूसँगै बस्ने साइँली पत्नी र छोराछोरीका नाममा आरोपितले सम्पूर्ण सम्पत्ति पास गरिदिएर आफू र आफ्नो छोरालाई सम्पत्ति नदिएको उनले बताइन । जिल्ला अदालतका सूचना अधिकृत विष्णु शर्माले मुद्दा दर्ता भएकाले कानुन बमोजिम प्रकृया अगाडि बढ्ने बताएका छन् । मीना बुढाथोकी

0 Comments