Incident Reports

कुटपिट घटनाका आरोपित विरुद्ध प्रशासनमा उजुरी, सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा धर्ना

2022-09-11

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 5

दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित दशरथचन्द माविका विद्यार्थीहरुले बाल अधिकारको रक्षा गरिनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालयमा भदौ २६ गते नाराबाजी सहित धर्ना दिएका छन् । दशरथचन्द माविमा नौ कक्षामा अध्ययनरत प्रेम चन्दलाई स्थानीय ३० वर्षीय सुदीप चन्दले विद्यालय परिसर भित्र प्रवेस गरी कुटपिट गरेको आारोपमा विद्यार्थीहरुले आरोपित विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुको साथै बाल अधिकार हनन् भएको भन्दै सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय धर्ना दिएका हुन् । विद्यालयमा भलिवल खेलिरहेको समयमा विद्यालय नजिकै रहेको सुदीप चन्दको घरमा होहल्ला भएको भन्दै विद्यालय परिसर भित्रै प्रवेश गरेर सुदीपले आफूलाई कुटपिट गरेको पीडित विद्यार्थी प्रेम चन्दले बताउनु भयो । आफूहरुले विद्यालयको खेलमैदानमा खेल्दा वा व्यायाम गर्दा समेत सुदीम चन्दले गालिगलौच गर्ने गरेको १५ वर्षीया विद्यार्थी आशा भट्टले बताउनु भयो । उहाँले भन्नु भयो– ‘विद्यालय हाम्रो पढ्ने, खेल्ने घर हो । त्यसमा हामीले स्वतन्त्रतापूर्वक पढ्न, खेल्न पाउनु पर्छ । विद्यार्थीमाथि हुने यस्तो दुव्र्यवहारको अन्त्य हुनु पर्छ ।’ भलिबल जाली तोडफोड गरेको र विद्यार्थीलाई कुटपिट गरेको आरोपमा विद्यार्थीहरुले आरोपित चन्द विरुद्ध भदौ २६ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिई कार्वाहीको माग गरेका छन् । विद्यार्थीहरुले दिएको निवेदनका आधारमा घटनाका बारेमा जाँचबुझ गर्ने कार्य भइरहेको र दोषीलाई कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले बताउनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth na
INSEC

0 Comments