2022-09-12
मिटरब्याजीविरुद्ध ४१ दिनदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ। सोमबार माइतीघर आउन लागेका उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेको हो। बसेको स्थान चन्द्रागिरी- १५ तीनथानाबाट निस्किन नदिएपछि प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ। प्रहरीले माइतीघर आउन नदिएपछि पीडितहरु सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रहरीले उनीहरुलाई नियन्त्रणमा समेत लिएको छ। मिटरब्याजीलाई हदैसम्मको कारबाही हुनुपर्ने र आफूलाई सरकारले न्याय दिलाउनुपर्ने पीडितको माग छ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Excessive Use of Force |
Weapons | Blunt weapon |
Primary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Police |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | na |
Total Injured | 12 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD