Incident Reports

सामूहिक बलात्कार आरोपितलाई पुर्पक्षमा राख्न आदेश l

2014-09-09

Karnali, Jumla, Sinja

Man Datta Rawal जुम्ला । ०७१ भदौ २५ गते १२ वर्षीया एक बालिका सामूहिक बलात्कार गर्ने शनिगाउँ गाविस-२ का २२ वर्षीय खाम्मा रावतलाई जिल्ला अदालतले भदौ २४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो । शनिगाउँ गाविस- ९ का २२ वर्षीय खाम्मा रावत, सोही गाविसका २० वर्षीय नैन रावत र २० वर्षीय मेघबहादर रावतलाई असार १९ गते बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान गरी असार २९ गते अदालतमा मुद्दा दायर गरिएको थियो । घटनाका चारैजना आरोपितहरू फरार रहेकोमा रावतलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वर काठमाडौँले भदौ ८ गते काठमाडौबाट गिरफ्तार गरी जुम्ला पठाएको थियो । रावतलाई जिल्ला प्रहरी कार्यालयले भदौ २४ गते अदालतमा पेश गरेको थियो । रावत बाहेकका अन्य फरार तीनजना आरोपितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सई श्याम चौधरीले बताए । मानदत्त रावल जुम्ला । ०७१ भदौ २५ गते १२ वर्षीया एक बालिका सामूहिक बलात्कार गर्ने शनिगाउँ गाविस-२ का २२ वर्षीय खाम्मा रावतलाई जिल्ला अदालतले भदौ २४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो । शनिगाउँ गाविस- ९ का २२ वर्षीय खाम्मा रावत, सोही गाविसका २० वर्षीय नैन रावत र २० वर्षीय मेघबहादर रावतलाई असार १९ गते बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान गरी असार २९ गते अदालतमा मुद्दा दायर गरिएको थियो । घटनाका चारैजना आरोपितहरू फरार रहेकोमा रावतलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वर काठमाडौँले भदौ ८ गते काठमाडौबाट गिरफ्तार गरी जुम्ला पठाएको थियो । रावतलाई जिल्ला प्रहरी कार्यालयले भदौ २४ गते अदालतमा पेश गरेको थियो । रावत बाहेकका अन्य फरार तीनजना आरोपितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सई श्याम चौधरीले बताए । मानदत्त रावल

0 Comments

Related Reports
Related Trend Analysis