Incident Reports

बालश्रमिक राख्ने होटल मालिकलाई कारबाही गरिने l

2014-09-10

Nabaraj Pathik रामेछाप । ०७१ भदौ २५ गते होटल तथा पसलहरूमा बालश्रमिक प्रयोग गर्ने व्यवसायी माथि जिल्ला बालकल्याण समितिले कारबाही अघि बढाउने भएको छ । बालश्रम न्यूनिकरण तथा संरक्षणका लागि संयन्त्र र जिल्ला बालकल्याण समितिका अध्यक्ष एवं प्रमूख जिल्ला अधिकरी शम्भुप्रसाद मरासिनीबीच ०७१ भदौ २४ गते भएको छलफलमा सो निर्णय भएको हो । सरकारी तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरू सदस्य रहेको सो संयन्त्रले रामेछापका मन्थली, रामेछापलगायतका बजार केन्द्रका होटल तथा पसलहरूमा अनुगमन गर्दा बालश्रमिकको प्रयोग भएको पाए पछि त्यस विषयमा जिल्ला बालकल्याण समितिमा छलफल भएको थियो । छलफलका क्रममा बालश्रमिक राख्ने होटललाई यस अघि पनि बारम्बार सम्झाउँदा समेत अटेर गरेकोले कानुनी कारबाहीको प्रक्रिया नै अघि बढाउनुपर्ने देखिएकोले त्यस्तो सिफारिस गरिएको सञ्जालका संयोजक एवम् गैसस महासङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । नवराज पथिक

0 Comments