Incident Reports

झापामा दुई नाबालिगमाथि बलात्कार गरेको आरोपमा वृद्ध पक्राउता

2022-09-15

Province 1, Jhapa, Mechinagar

झापामा दुई जना नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बलात्कार आरोपमा मेचिनगर नगरपालिका-१२का ७३ वर्षीय वृद्ध कपिलमणि पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। उनले १७ वर्षीया र उनकी बहिनी ११ वर्षीया नाबालिगमाथि पटकपटक बलात्कार गरेको आरोप छ। पीडितकै घरमा गएर पटकपटक बलात्‍कार गर्ने गरेको भन्ने खुलेको कार्यालयले जनाएको छ। यस्तै १७ वर्षीया नाबालिग तीन महिने गर्भवतीसमेत भइसकेको भन्ने‍ खबर प्रहरीले पाएको थियो। उक्त खबर पाएपछि अनारमनिबाट खटिएको टोलीले पौडेललाई बिहीबार पक्राउ गरेको हो। पौडेलमाथि ईलाका प्रहरी कार्यालय अनारमनिले अनुसन्धान गरिरहेको छ। १८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई पनि कानुनले बलात्कार मानेको छ। करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments