Incident Reports

अवैध उत्खनन रोक्न माग गर्दै स्थानीय आन्दोलित

2022-09-20

Madhes, Siraha, Karjanha

सिराहा र धनुषाको सीमास्थित कमला नदीबाट नदीजन्य सामग्री उत्खनन र चोरी निकासी बन्द गर्नुपर्ने माग राख्दै सिराहामा प्रदर्शन गरिएको छ। सर्वदलीय संघर्ष समिति बनाएर अवैध उत्खनन रोक्न अभियान चलाएका स्थानीयहरूले मंगलबार  प्रदर्शन गरेका हुन्।

कमला नदीमा भइरहेको अवैध दोहन रोक्न आफूहरूले पटकपटक शान्तिपूर्ण आन्दोलन गरे पनि स्थानीय सरकार र प्रशासनले बेवास्ता गरेको संयुक्त संघर्ष समितिका संयोजक प्रभात महतोले बताए। माग पूरा गर्न चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलन केही दिन जारी राखेको भन्दै संयोजक महतोले ८ असोजमा बृहत् छलफल गरी अघि बढ्ने बताए।

सिराहाको कर्जन्हा नगरपालिकादेखि धनुषाको गणेशमान चारनाथ नगरपालिकासम्म पूर्व–पश्चिम राजमार्ग चारलेन बनाइरहेको चाइना रेल्वे कम्पनीले सम्झौताभन्दा अधिक उत्खनन गरेको संघर्ष समितिको दाबी छ। स्थानीय ठेकेदार बेचन शर्मा र स्थानीय प्रशासनको मिलोमतोमा करिब तीन लाख ५० हजार घनमिटरभन्दा बढी नदीजन्य सामग्री उत्खनन गरिएको संघर्ष समितिका संयोजक महतोले बताए। कम्पनीसँग ८० हजार घनमिटर नदीजन्य सामग्री उत्खनन गर्ने सम्झौता भएको थियो।

कर्जन्हा नगरपालिकाले ३१ साउन ०७९ मा जेएन सप्लायर्ससँग पाँच करोड ५५ लाख ८६ हजार रुपैयाँ तथा रेग्मी निर्माण सेवासँग एक करोड ५३ लाख ७० हजार दुई सयमा कमला नदीबाट नदीजन्य सामग्री उत्खनन गर्ने सम्झौता गरेको छ।

सम्झौताभन्दा बढी नदीजन्य सामग्री उत्खनन भइरहेकाले त्यसलाई रोक्न र पर्यावरण जोगाउन आफूहरू आन्दोलनमा उत्रिनुपरेको कर्जन्हा नगरपालिका– ३ का जितेन्द्र यादवले बताए। जिल्ला समन्वय समिति, जिल्ला प्रशासन तथा कर्जन्हा र गणेशमान चारनाथ नगरपालिकाले अवैध दोहन रोक्न प्रभावकारी काम नगरेको संघर्ष समितिको गुनासो छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis