Incident Reports

यौन हिंसा र बिचल्लीमा परेका तीन बालिका बालगृहमायौन हिंसा र बिचल्लीमा परेका तीन बालिका बालगृहमा l

2014-09-11

Santosh Rucha आफ्नै बाबुको यौन दुर्व्यवहारबाट पीडित बनेका १२ वर्षीया बालिकासहित तीन जना बालिकाहरूलाई जिल्ला बालकल्याण समितिको पहलमा बालगृहमा भदौ २६ गते पुर्नस्थापना गरिएको छ । आफ्नै बाबुबाट बारम्बार यौन दुर्व्यवहारमा परेपछि पीडित बनेकी बालिका चार दिनअगाडि जिल्ला बालकल्याण समितिको सर्म्पर्कमा आएपछि उनलाई बालकल्याणगृह विराटनगरमा लगेर पालन पोषणको लागि जिम्मा लगाइएको जिल्ला बालअधिकृत हीरा दाहालले बताए । पीडित बालिकाकी आमा सुस्तमनस्थितिकी रहेकी छन् भने आरोपित बाबु रोगका कारण थलिएर घरैमा बसेका छन् । त्यस्तै धनकुटा नपा-१ हिलेबजारमा डेरा गरी बस्ने साथी सृजना दुलालको डेरामा आएर दुई छोरी छोडेर तीन महिनादेखि आमा मीना शेर्पा बेपत्ता भएपछि ती बालिकाहरूलाई पनि जिल्ला बालकल्याण समितिको पहलमा पूर्वाञ्चल अनाथ आश्रम विराटनगरमा भदौ २६ गते नै पुर्नस्थापना गरिएको छ । काठमाडौँमा बस्दै आएकी मीना शेर्पाले तीन महिनाअगाडी हिलेबजार साथीकोमा आएको बेला दुई वर्षीया छोरी अनिशा शेर्पा र १६ महिनाकी छोरी ओशीएन शेर्पालाई एकछिन हेर्दै गर है भनेर हालसम्म बेपत्ता भएपछि सृजना दुलाल जिल्ला प्रहरी कार्यालयको शरणमा पुगेकी थिइन् । ती बालिकाहरूको ठेगाना नखुलेको र आमा पनि बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला बालकल्याण समितिको पहलमा विराटनगरस्थित पूर्वाञ्चल अनाथा आश्रममा पुर्नस्थापना गरिएको जिल्ला बालअधिकृत दाहालले बताए । सन्तोष रुचाल

0 Comments