Incident Reports

शिक्षकले कुटेपछि विद्यालय जान छाडे बालक l

2014-09-11

Province 1, Sunsari, Ramdhuni

Shekhar Dhakal रामगञ्ज वेलगिछया गाविस -१ मा रहेको दुर्गा माविको कक्षा ८ मा अध्ययनरत १३ वर्षीय सुमन मेहतालाई शिक्षक भक्त मगरले कुटेपछि उनी विद्यालय जान छाडेका छन् । भदौ २२ गते अङ्ग्रेजी शब्दकोष किनेर नल्याएको भन्दै शिक्षक भक्त मगरले सुमनसहित ५ जना विद्यार्थीलाई कुटपिट गरेका थिए । शिक्षकको कुटाइबाट बालक सुमनको हातको कान्छी औला भाँचिएको स्थानीय बाल समुहका मनोज मेहताले बताए । शिक्षकले पाँच जनालाई बाँसको भाटाले हानेका थिए । भदौ २२ गते शिक्षकले पिटेपछि २३ गतेदेखि सुमन विद्यालय नआएको विद्यालयका प्रधानाध्यापक शंकर गुरुङले बताए । सजाय पाएका अरु विद्यार्थीहरू विद्यालय आए पनि सुमन भदौ २६ गतेसम्म विद्यालय नआएको प्रधानाध्यापक शंकर गुरुङले बताए । शेखर ढकाल

0 Comments