Incident Reports

शिक्षक हत्या अभियोगमा ओखलढुंगामा २२ वर्षीया महिला पक्राउ

2022-09-23

Province 1, Okhaldhunga, Siddhicharan, Ward 8

शिक्षकको हत्या अभियोगमा एक महिलालाई पक्राउ गरी ओखलढुंगा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया महिला छलमायाँ धमला रहेकी छन् । धमलालाई सप्तरीको बिष्णुपर गाउँपालिका–५ घर भई जिल्लाको चिसंखुगढी गाउँपालिका–४ लेखर्कस्थित कालिका आधारभूत विद्यालयमा अध्यापनरत ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त शिक्षक गत असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनाल सहितको टोली घटना स्थल पुगेको थियो । घटनाको प्रकृति हेर्दा र अनुसन्धान गर्दा शिक्षकको हत्या गरी महिला फरार रहेको खुल्न आएको थियो । प्रहरीले शंकित ब्यक्तिको खोजतलास र पहिचान गर्ने क्रममा शनिबार साँझ उक्त महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख खनालले जानकारी दिए ।

पक्राउ परेकी महिलालाई आज (आइतबार) जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुगाले जनाएको छ । मृतक शिक्षकलाई टाउको तथा शरीरको अन्य भागमा कुटपिट गरी सख्त घाइते बनाई नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिची हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले समेत घटना आफैले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन् । प्रहरीका अनुसार मृतक शिक्षक र धमला केही समयदेखि एकअर्काप्रति चिरपरित थिए । यसैक्रममा उक्त क्षिककले आफूलाई विभिन्न ब्ल्याकमेल गर्न खोजेपछि आफूले शिक्षकको कोठामै गएर घटना घटाएको पक्राउ परेकी महिलाले बताएको डीएसपी खनालले जानकारी दिए । मृतक शिक्षक यसअघि सल्लेरीकै एक विद्यालयमा अध्यापनरत रहेको बुझिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports