Incident Reports

प्रहरीको कुटपिटबाट घाइते भएको पीडितको आरोप

2022-09-21

Madhes, Dhanusha, Janakpur, Ward 4

जनकपुरधाम उपमहानगरपालिका–४ माछाबजार बस्दै आएका १८ वर्षीय सुमितकुमार यादव र ३८ वर्षीया आमा निर्मलादेवी यादवलाई प्रहरीले कुटपिट गरेको पीडितहरूले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका असई गयाप्रसाद चौधरी र प्रहरी हवल्दार धर्मेन्द्रप्रसाद साहले गस्तीमा रहेको बेला उहाँहरूलाई असोज ५ गते राति ९ बजे कुटपिट गरेको आरोप छ । असोज ५ गते राति नियमित चेकजाँच भइरहेको समयमा मोटरसाइकलको कागजपत्र र लाइसेन्स घरमै बिर्सेर मोटरसाइकल चलाउँदै गरेका सुमितकुमार यादवले प्रहरीलाई छलेर घरतर्फ गएको प्रहरीको भनाइ छ ।

प्रहरीद्वयलाई शङ्का लागेर सुमितलाई पछ्याउँदै घरसम्म आएर घरभित्रबाट निकालेर पाइपले कुटपिट गरेको पीडितका दाइ लवकुमार यादवले बताउनु भयो । प्रहरीले मदिरा सेवन गरी सुमितकुमार यादवलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । प्रहरीले कुटपिट गरिरहँदा छुट्याउन पुग्नु भएकी निर्मलादेवी यादवलाई प्रहरीले हेल्मेटले टाउकोमा प्रहार गरेको घटनाका प्रत्यक्षदर्शी रवि चौधरीले बताउनु भयो । घटनाको भिडियो रेकर्ड गरेको आरोपमा रवि चौधरीलाई समेत प्रहरीद्वयले कुटपिट गरेको पीडितको आरोप छ । घाइतेहरूको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ । घाइते सुमितलाई गम्भीर चोट लागेको उपचारमा संलग्न जानकी हेल्थ केयरका चिकित्सक डाक्टर शशिशेखर अधिकारीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले प्रहरी उपर हातपात गरेको आरोपमा २५ वर्षीय रवि चौधरी र २६ वर्षीय दिपेश झालाई गिरफ्तार गरिएको बताउनु भयो । डिएसपी क्षेत्रीले प्रहरी गयाप्रसाद यादव शुद्ध शाकाहारी भोजन खाने र मासु, मदिरा नखाने भएकोले सुमित यादवको परिवारले मदिरा सेवन गरेको भनि लगाएको आरोप निराधार रहेको बताउनु भयो । उहाँले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 1
Youth Injured 2
INSEC

0 Comments