Incident Reports

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

2022-09-27

Madhes, Parsa, Bindabasini

११ असोज, वीरगञ्ज । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा वीरगञ्जमा एक शिक्षक पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ घर भई वीरगञ्ज बस्दै आएका ताज मियाँ पक्राउ परेका हुन् । वीरगञ्ज– ११ श्रीपुरस्थित अल्पाइन स्कुलमा उनले नेपाली विषय पढाउँदै आएका थिए । पढाउने बहानामा संवेदनशील अंगमा छुने, चुम्बन गर्ने गरेको आरोप उनीमाथि लागेको छ । एक छात्राका अभिभावकले दिएको उजुरीको आधारमा मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मियाँविरुद्ध पर्सा जिल्ला अदालतमा बाल यौन दुरुपयोगको मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद लिइएको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments