Incident Reports

कांग्रेसमा समान अवसर र न्यायको माग, सानेपामा कोइराला समूहको धर्ना

2022-09-28

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूहले धर्ना सुरु गरेको छ। निर्वाचनमा समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा शेखर समूहले धर्ना सुरु गरेको हो। पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ । सो समूहले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ । यसै विषयमा पार्टीको ध्यानाकर्षण गराउँदा पनि उपेक्षा गरिएकाले बाध्य भएर धर्नामा बस्नुपरेको कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले बताए । उनले पार्टीभित्र सबैलाई समान अवसर दिनुपर्ने आफूहरुको धारणा रहेको बताए । माग सम्बोधन गर्ने सुनिश्चित भए आफूहरुले पार्टीभित्रको बिद्रोहलाई कम गर्दै लैजाने उनको भनाइ छ । उनीहरुले आफूहरुको विषय व्यक्तिका लागि मात्रै नभएर समग्र पार्टीको विषय भएकाले बिहीबारसम्म समानुपातिक सूची सच्चाउने विश्वास व्यक्त गरेका छन् । यता संस्थापन पक्षले भने सबैको सहमतिमा सर्वसम्मत रुपमा नै समानुपातिक सूची तयार गरेको जनाएको छ । आज बिहान बालुवाटारमा शेखर समूहको माग सम्बोधन गर्न कांग्रेस पदाधिकारीबीच छलफल भएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments