Incident Reports

बोक्सीको आरोपमा कुटपिट गर्ने गिफ्तार l

2014-09-13

Komal Niranjan Bhat पुर्नवास नगरपालिका - १२ की ३७ वर्षीया हेमन्ती तामाङलाई बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै २७ वर्षीया सानु तामाङ र ३२ वर्षीया शारदा तामाङलाई भदौ २८ गते इलाका प्रहरी कार्यालय त्रिभुवनस्तीले गिफ्तार गरेको छ । आरोपितहरूले भदौ २४ गते घरमा कोही नभएका बेला बोक्सीका आरोप लगाई कुटपिट गरेको पीडितले बताईन । कुटपिटका कारण पीडितको छाती र मुखमा चोट लागेको छ । पीडितको सेती अञ्चल अस्पतालमा उपचार भएको थियो । पीडितको उजुरीको आधारमा आरोपितलाई गिर्फतार गरी अनुसनधान भइरहेको इलाका प्रहरी कार्यालयले जनायो । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis