Incident Reports

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक गिरफ्तार l

2014-09-12

Madhes, Dhanusha, Janakpur

Bipin Gautam एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला महोत्तरी बसविट्टी गाविस-६ निवासी यमुनामाई उच्च माध्यमिक विद्यालय रौतहटका शिक्षक ५० वर्षीय जयचन्द्र यादवलाई ०७१ भदौ २७ गते प्रहरीले गिरफ्तार गरेको छ। शिक्षक जयचन्द्र यादवले यौनदुर्व्यवहार बालिकालाई गरेपछि अभिभावक, बिद्यालयका अन्य शिक्षक र विद्यार्थीले यादवलाई प्रहरीको जिम्मा लगाएका हुन् । सहपाठी माथि शिक्षकले दुर्व्यवहार गरेको खबरले आक्रोशित बनेका विद्यार्थीहरूले शिक्षक यादवलाई नियन्त्रणमा लिएर कुटपिटसमेत गरेका थिए । आरोपित शिक्षकलाई कारवाही गर्नुपर्ने माग गर्दै विद्यार्थी उत्तेजित भएपछि विद्यालयमा पठन पाठन समेत बन्द रहेको थियो भने शिक्षकलाई तत्काल कारवाहीको माग गर्दै अभिभावक र विद्यार्थीहरूले केही समय गौर चन्द्रनिगाहपुर सडक खण्ड अवरुद्ध पारी विरोध प्रदर्शन समेत गरेका थिए । जिल्ला प्रहरी कार्यालय गौरले पक्राउ परेका शिक्षकसँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । आरोपित शिक्षक दोषी देखिए महिला हिंसाका विभिन्न शीर्षक अर्न्तर्गत मुद्धा चलाउने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भीमप्रसाद ढकालले बताए । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis