Incident Reports

कुटपिट गरेको भन्दै जेठाजुविरुद्ध उजुरी l

2014-09-12

Madhes, Saptari, Hanumannagar Kankalini

Manohar Kumar Pokhre सप्तरी । ०७१ भदौ २८ गते कोइलाडी गाविस-९ चट्टी टोलकी २५ वर्षीया रमीयादेवी मुखियालाई उनका जेठाजु ४० वर्षीय शनिचर मुखियाले कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ २७ गते उजुरी दिएकी छन् । पीडितकाअनुसार आरोपितले जेठानीको कुरा सुनी सासू धोइदेवी मुखियालाई गालीगलौज गरेकोमा आफूले प्रतिवाद गर्दा भदौ २६ गते साँझ दाउराको चिर्पटले प्रहार गरेको बताए । उनको उपचार राजविराजस्थित अञ्चल अस्पतालमा भइरहेको छ । एक नाबालक छोराका साथ घरमा रहेकी पीडितका पति गुलशन मुखिया वैदेशिक रोजगारका लागि मलेसियामा छन्। मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis