Incident Reports

पूर्वी नवलपरासीमा उम्मेदवारी फिर्ताबारे एमाले र सत्ता गठबन्धनबीच झडप

2022-10-12

कावासोती । पूर्वी नवलपरासिमा उम्मेदवारी फिर्ताको विषयलाई लिएर झडप भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका बाल कृष्ण गैरेले उम्मेदवारी फिर्ता लिन लाग्दा एमालेका कार्यकर्ता र गठबन्धनको कार्यकर्ताबीच हात हालाहालको स्थिति भएको हो । उम्मेदवारी फिर्ता लिने आज दिउँसो १ बजेसम्म तोकिएको थियो तर, एकबजे भन्दा पछाडि उम्मेदवारी फिर्ता गर्न लागेको भन्दै फिर्ता गर्नबाट रोकिएको छ । एक बजेभित्रै जिल्ला निर्वाचन अधिकृतको कार्यलयमा उपस्थित भएका बालकृष्ण गैरेले एक बजेर पाँच मिनेट जाँदापनि फिर्ता नगरेर छलफलमै थिए । सत्ता पक्षीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट माओवादीका बालकृष्ण गैरेले टिकट पाएपनि अन्त्य समयमा नेपाली काङ्ग्रेसका बिष्णु कार्कीले टिकट प्राप्त गरेर उम्मेदवारी दर्ता गराएका थिए । अन्तिम समयमा संघको लागि कांग्रेसले उम्मेदवारी दर्ता गराएपपछि माओवादी केन्द्रले पनि उम्मेदवारी दिएको थियो । क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका बिष्णु लामिछानेले भने उम्मेदवारी फिर्ता गरेका छन् । उनको उम्मेदवारी जारी रहन्छ या फिर्ता हुने भन्नेबारे छलफल चलिरहेको छ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments