Incident Reports

बैंकहरुले मानसिक यातना दिएको भन्दै सुर्खेतका व्यवसायीद्वारा बजार बन्द

2022-10-14

Karnali, Surkhet, Birendranagar

सुर्खेतका व्यवसायीहरुले बैंकहरुले मनपरी तरिकाले बैंकको ब्याज बढाएको भन्दै व बजार बन्द गरेका छन् । बैंकको मनपरीतन्त्रले निजी क्षेत्र धरासायी बन्दै गएको उनीहरुको भनाई छ । निजी क्षेत्रले बजार बन्द गर्ने निर्णयसँगै शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगर सुनसान छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैंकले ऋण लगानीको ब्याज महिनै पिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको बताए । साथै उनले ब्याज किस्ताका लागि तारन्तार मानसिक दवाव दिने कार्यक्रम सिंगो निज क्षेत्र नै हतोत्साही भएको बताए । संयुक्त व्यवसायी संघर्ष समितिले बैंकविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् । सोही अनुसार शुक्रबार बैंकहरुले जबरजस्ती रुपमा बढाएको ब्याज दर र ब्याज किस्ताका लागि दिएको मानसिक यातनाका विरुद्ध सुर्खेत बन्द गरेका छन् । यस्तै असोज महिनाभित्र मसान्तभित्र बैंकहरुलाई बुझाउनुपर्ने भनिएको त्रैमासिक आय किस्ता वापतको रकम नर्तिन सम्पुर्ण, व्यापारी, व्यवसायी एवं सर्वसाधारण सेवाग्राही समेतलाई अपिल गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Trend Analysis