Incident Reports

१ लाख फिरौती नदिँदा १८ वर्षीय युवकको विराटनगरमा हत्या

2022-10-14

Province 1, Morang, Biratnagar

विराटनगर बसपार्कको एक होटेलमा १८ वर्षीय युवकको हत्या भएको छ । हत्या हुनेमा सिरहा गोलबजार घर भएका अंशु सदा रहेका छन् । सदालाई अपहरण गरेर विराटनगरको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङभित्र हालेर भाग्ने कोसिसमा थिए । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports