Incident Reports

नागरिकर्मी मदन ठाकुरलाई धम्की

2022-10-16

नेपाल पत्रकार महासंघ रौतहटका सचिव तथा नागरिक न्युजका सर्लाही–रौतहट संवाददाता मदन ठाकुरलाई ज्यान मार्ने धम्की आएको छ। नीजि भ्रमणको शिलशिलामा देश बाहिर रहेका नागरिककर्मी ठाकुरलाई रौतहटको गरुडा नगरपालिका ९ विर्ताका लालबाबु भन्ने योगेन्द्र साहका छोरा गौरव साहले मार्ने धम्की दिएका हुन्। विदेश भ्रमणमा रहेका पत्रकार ठाकुरलाई साहले तथानाम अपशब्द प्रयोग गर्दै मार्ने धम्की दिएका हुन्। विदेशमा रहेका पत्रकार ठाकुरलाई साहले पटक पटक फोन गर्दा नउठेपछि घरमा रहेको नम्बरमा अश्लील गाली गरेका अपशब्दहरुको म्याज पठाएर ज्यान मार्ने धम्की दिएका हुन्।

घरको नम्बरमा पटक पटक धम्की र अपशब्द प्रयोग गरिएका म्यासेज आएपछि पत्रकार ठाकुरको परिवारमा रातभरि चिन्ता र त्रास भरिएको थियो। साहले अपशब्द प्रयोग गरेका म्यासेजहरु पत्रकारहरुको समूहमा ठाकुरले राखेपछि रौतहटका पत्रकारहरुको ध्यानाकर्षण भएको छ। नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ। पत्रकार ठाकुरले आफूमाथि अपशब्द प्रयोग गर्ने र ज्यान मार्ने धम्की दिने साहसित कुनै वार्तालाप पनि नभएको र कतै भेटघाट पनि नभएको तथा तिनका पितासित राम्रै सम्बन्ध रहेको बताएका छन्। कुनै लेनदेन पनि नरहेको तथा कहिल्यै कुनै माध्यमले संवाद पनि नभएको अवस्थामा आफूमाथि अचानक दिएको धम्की तथा गालीले घरपरिवारमा त्रासको वातावरण रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रेस विज्ञप्ति निकालेपछि रौतहट प्रहरी पनि सक्रिय भएको छ। ज्यान मार्ने धम्की दिने गौरव साह अध्ययनको क्रममा भारतको बैंग्लोरमा रहेकोले निजका पिता लालबाबु साहलाई इलाका प्रहरी कार्यालय गरुडाले बोलाएर सोधपुछ गरेको छ। छोराले गल्ती गरेको लालबाबु साहले इलाका प्रहरी कार्यालय गरुडाको कार्यालयबाटै इन्टरनेट फोनमा माफी मागेका छन्। विदेशबाट फर्केर आएपछि पत्रकार ठाकुरसित बसेर छलफल गर्ने साहले बताएको बुझिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments