Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-10-17

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक १ गते पर्सा चोकबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ चैत १५ गते बलात्कार गरेका कारण सात महिनाको गर्भ रहेको भन्दै पीडित पक्षले असोज ३१ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए । नातेदार समेत रहेका आरोपितको घरमा गहुँ काट्न सघाउन गएको बेला आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असोज ३० गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments