Incident Reports

घरेलु हिंसा घटनाको उजुरी दर्ता, आरोपित फरार

2022-10-14

Karnali, Dolpa, Tripurasundari, Ward 2

पतिको कुटपिटबाट घाइते भएकी त्रिपुरासुन्दरी नपा–२ रुम गाउँकी ४६ वर्षीया चन्द्रकली बुढाका माइती पक्षले घटनामा संलग्नलाई कारबाहीको मागगर्दै ०७९ असोज २८ गते प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ४९ वर्षीय पति ललि बुढाले असोज २८ गतेसाँझ घरमा कुटपिट गरेको भन्दै चन्द्रकलीका बाबुले प्रहरी चौकी त्रिपुराकोटमा निवेदन दिनु भएको चौकीका इन्चार्ज रुद्रबहादुर शाहीले जानकारी दिनु भएको छ । पतिको कुटपिटबाट घाइते चन्द्रकलि बुढाको त्रिपुरासुन्दरी नगरअस्पतालमा उपचार भइरहेको छ । पीडितका बुवा नरचन्द्र थापाले आफ्नी छोरीलाई कुटपिट गर्ने ज्वाईलाई पक्राउ गरी कारवाही गर्न निवेदन दिनु भएको इन्चार्ज शाहीले बताउनु भयो ।

कुटपिटबाट पीडितको दायाँ तिघ्रा, टाउको र पिठयुमा गहिरो चोट लागेको छ । त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकोटबगरमा होटल व्यवसाय गर्दै आउनु भएकी पीडितलाई परपुरुषसँग लागेको आरोपमा पटक पटक पतिले कुटपिट गर्ने गरेको पीडितका आफन्तले चौकीमा दिएको निवेदनमा उल्लेख छ । पत्नी कुटपिट घटनाका आरोपित बुढा फरार रहेको प्रहरी चौकीका इन्चार्ज शाहीले बताउनु भयो । उहाँले भन्नु भयो “ललि बुढाका विरुद्ध पत्नी कुटपिटको आरोपमा यसभन्दा अघि पनि दुई ओटा निवेदन दर्ता भएकाले फरार बुढाको खोजी भइरहेको छ” । नगर अस्पतालका अहेव कविप्रसाद उपाध्यायले घाइते पीडितको अवस्था सामान्य रहेको बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments