Incident Reports

पैसाको लेनदेनमा विवाद हुँदा दाजुले गरे भाइको हत्या

2022-10-19

Lumbini, Arghakhanchi, Bhumekasthan

अर्घाखाँचीमा बुधबार भीरबाट लडेर मृत अवस्थामा फेला परेका पुरुषको हत्या भएको खुलेको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर १ खला धारा भीरबाट धकेलेर हत्या गर्दा साम्नेगाउँका ७० वर्षीय बीरबहादुर गमालको मृत्यु भएको थियो । गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले बैंकबाट वृद्ध भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । बुधबार घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा पैसाको लेनदेको विषयमा दाजु र भाइबीच विवाद हुँदा धकेला धकेल हुँदा भीरबाट लडेर भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो । हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । गमालको शव बाटोदेखि ७० मिटर तल खसेको अवस्थामा फेला परेको थिया । उनीहरुले भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीमा रहेको शाईन रेशुङ्गा बैंकबाट वृद्ध भत्ता बुझेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments