Incident Reports

मानव बेचविखनका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-09-16

Province 1, Morang, Sundarharaicha

Shekhar Dhakal सुनसरी । ०७१ भदौ ३० गते १३ वर्षीया एक बालिकालाई बेच्न लगेको आरोपमा गिरफ्तार गरिएका मोरङको कोशी हरैचा नपा - १ की १८ वर्षीया झुकु उराव र कोशी हरैचा नपा- ८ का २३ वर्षीय सुमन श्रेष्ठलाई भदौ ३० जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । पीडित बालिकाका वुवाले झुकुले छोरीलाई बेच्न लगेको भन्दै भदौ २ गते इलाका प्रहरी कार्यालय वेलबारी मोरङमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा झुकुलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय वेलबारीले भदौ २ गते इलाका प्रहरी कार्यालय इटहरीलाई बुझाएको थियो । शेखर ढकाल

0 Comments