Incident Reports

बझाङमा झडप, चार जना गम्भीर घाइते

2022-10-27

Sudurpashchim, Bajhang, Khaptadchhanna, Ward 6

खप्तडछान्ना गाउँपालिका- ६ पाटादेवलमा भएको बिहीबार साँझ दोहोरो झडपमा चार जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते चार जनाकै बझाङमा उपचार सम्भव नभएपछि बिहीबार राति नै धनगढी रेफर गरिएको छ। घाइतेहरुमा बसन्त खड्का, त्रिभूवन खड्का, प्रकाश खड्का र दिपक खड्का रहेका छन्। उनीहरुबीच पुरानै पारिवारिक प्रतिशोध र अहिले चुनाव कारण झडप भएको वडाध्यक्ष तेजबहादुर खड्काले बताए। उनका अनुसार बसन्त खड्काले चुनावी प्रचारको विवादका क्रममा त्रिभुवन खड्काको टाउकोमा बोतलले हिर्काउँदा झगडा सुरु भएको हो। घाइते हुनेहरु नेकपा एमाले र नेपाली कांग्रेसका समर्थक रहेको बुझिएको छ। पाटादेवलमा खड्का परिवारबीच राजनितिक प्रतिशोधकै कारण प्रायः जसो झडप भइरहन्छ। उनीहरु सबै एकै परिवारका रहेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Other
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments