Incident Reports

उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा l

2014-09-14

Man Datta Rawal जुम्ला । ०७१ भदौ ३० गते गरिब सुधार मञ्च र जागरण काभ्रेका नामबाट काभ्रे जिल्लामा सञ्चालित बालगृहबाट केन्द्रीय बाल कल्याण समितिले ०७० कार्तिक २४ गते उद्धार गरेका १८ जना बालबालिकामध्ये चार जना बालकलाई भदौ २९ गते बालदिवसको अवसर पारी अभिभावकको जिम्मा लगाइएको छ । आमाबुवा भए पनि टुहुरा बालबालिकाका भनेर गरीव सुधार मञ्च, जागरण काभे्र नामबाट सञ्चालित बालगृहमा बालबालिकाले कष्टकर जीवन बिताउनु परेको थियो । त्यस संस्थाले बालबालिकालाई मगन्तेको काम गराउने र आमाबुवासँग भेटघाट हुन पनि नदिने गरे पछि उनीलाई उद्धार गर्नु परेको जुम्ला जिल्ला बालकल्याण अधिकृत अमरबहादुर महतले बताए । मानदत्त रावल

0 Comments