Incident Reports

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

2022-10-25

Madhes, Parsa, Birgunj, Ward 14

बालिका बलात्कारको आरोपमा प्रहरीले बारामा एक युवकलाई पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरी टोलका २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डल पक्राउ परेका हुन् । १५ वर्षीया बालिकालाई असोज २३ गते राति जर्बजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घटना असोज २३ गतेको भएपनि उजुरी भने कात्तिक ८ गते मात्रै परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उजुरी परेलगत्तै आकाशलाई पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ । पक्राउ परेका आकाश वीरगञ्ज–१४ बहुअरी स्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए । बालिका सोही अस्पतालमा भर्ना भएका आफन्तलाई भेट्न आउने जाने गर्थिन् । चिनजानपछि फोनमा समेत कुराकानी हुने गरेको थियो । असोज २३ गते भने आकाशले जर्बजस्ती करणी गरेको आरोप बालिका पक्षको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments