Incident Reports

धारा छोएको आरोपमा छुवाछूत गर्नेविरुद्ध प्रहरीमा उजुरी l

2014-09-15

Sudurpashchim, Kailali, Dhangadhi

Sur Bahadur Pariyar कैलाली । ०७१ भदौ ३० गते धनगढी नपा-१२ जुगेडाकी ४० वर्षीया लक्ष्मीदेवी नेपालीले आफूलाई धारा छोएको आरोपमा कुटपिट गर्ने सोही ठाउकी ३५ वर्षीया सुशीला सिंहकाविरुद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा किटानी जाहेरी दिएकी छन् । स्थानीय सिंहनाथ सामुदायिक वनबाट भदौ २९ गते घाँस काटेर फर्कने क्रममा बाटो छेउमा पर्ने आरोपित सिंहको धारामा पानी खाएर फर्केने क्रममा एक्कासि डुमुनीले धाराको छोएको भन्दै कुटपिट गरेको पीडितले बताइन् । आरोपित विरुद्धमा जातीय छुवाछूत कसुर सजाय ऐन २०६८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय, कैलालीका सई हरजितसिंह धामीले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते सेती अञ्चल अस्पताल धनगढीमा भएको थियो । आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छैन् । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis